अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मासँग न्यूयोर्कमा छलफल

ध्रुव भण्डारी, न्यु योर्क २०७५ भदौ १५ गते ८:२२ मा प्रकाशित

अगष्ट २९, २०१८ बुधवारका दिन, नेपाली काँग्रेसका प्रवक्ता एवं प्रखर वक्ता विश्व प्रकाश शर्मासँग न्यूयोर्कमा रहनुभएका नेपाली काँग्रेसका अग्रज एवं जनसम्पर्क समिति अमेरिकामा आबद्ध सबै तहका साथीहरूको माझमा घनिघूत रूपमा अनौपचारिक छलफल भएको छ । छलफलको पहिलो चरणमा पार्टी प्रवक्ताले सुधार गर्नुपर्ने कुराहरू के के हुन भनी प्रवक्ता आफैले सहभागीहरूसँग सुझाव माग गरेका थिए भने दोस्रो चरणको छलफलमा समग्र काँग्रेसको र जनसम्पर्क समिति अमेरिकाको बारेमा सहभागीहरूको तर्फबाट आफ्नो भनाई र सुझावहरू मागेका थिए । झन्डै ४ घण्टा निरन्तर चलेको उक्त अन्तरक्रिया एवं छलफल कार्यक्रम जनसम्पर्क समिति अमेरिकाको नेता तथा कार्यकर्ताहरूले खुलेर आफ्ना भनाई/सुझावहरू प्रवक्ता सामु राखेका थिए ।

अन्त्यमा सबैको सुझाव र धारणाहरू सुनिसके पछाडि प्रवक्ता विश्वप्रकाश शर्माले, जनसम्पर्क समिति अमेरिकाको सामान्य विवादलाई आईसब्रेक गर्न तल दिएका चार वटा बुँदामा साझा सहमति गराउँदै, त्यसलाई कार्यान्वयन गर्न सबैलाई निर्देशन दिएका थिए । सहमति भएका साझा बुँदाहरू:-

(क) जनसम्पर्क समितिको वर्तमान र पूर्व नेतृत्व तहबिच अनौपचारिक बैठक र छलफलहरू मार्फत हार्दिकता र एकता विकसित गर्दै अघि बढ्ने l
(ख) व्यक्तिगत या संस्थागत कुनै पनि आन्तरिक विषयलाई सामाजिक सञ्जालहरूमा प्रस्तुत नगर्ने l
(ग) विधान संशोधन क्रममा मातृ पार्टी नेपाली काँग्रेसलाई देशभित्र र देश बाहिर रहेका समस्त नेपालीको हित केन्द्रित विधान संशोधन सुझाव पठाउने l जनसम्पर्क समितिहरूको गठन,समयावधि र अधिकार सम्बन्धमा समेत राय पठाउने l
(घ) अमेरिकाको जनसम्पर्क समिति एवं यसको अधिवेशन सम्बन्धमा निकासका लागि पार्टी केन्द्रको निर्देशन प्रतीक्षा गर्ने र सोही बमोजिम अघि बढ्ने l

यसका साथै पार्टीको वर्तमान अवस्था र भावी कार्लयदिशाका बारेमा सामान्य जानकारी गराएर, अब पार्टीलाई चाँडै डिजीटललाईट गराउने प्रयास भइरहेको कुरा समेत प्रवक्ता शर्माले सबैलाई बताउँदै फरक विचार र गुडहरूलाई समेत समन्वय गरेर आउँदो दिनमा पार्टीलाई सशक्त र एक ढिक्का बनाउन सबैको उतिकै दायित्व रहेको कुरा बताएका थिए । एक फरक प्रसङ्गमा प्रवक्ता शर्माले पार्टी हाम्रो सर्वोच्च निकाय भएकोले पार्टीको निर्देशन सबैले मान्नुपर्ने कुरा राखेका थिए ।

उक्त अनौपचारिक भेटघाट एवं छलफल कार्यक्रममा पार्टीको आमन्त्रित केन्द्रीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले यहाँको अधिवेशन कहिले गराउने भन्ने पार्टीको निर्देशनले तय गर्ने भएको हुनाले समितिले अधिवेशनको लागि पार्टीको निर्देशन कुरी रहेको कुरा सबैलाई जानकारी गराएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक एवं केन्द्रीय सदस्य विष्णु सुवेदीले “नेपाली जनसम्पर्क अन्तर्राष्ट्रिय समन्वय समिति “ विश्व सञ्जालको बारेमा पार्टीले पत्र लेख्ने कुनै वैधानिक आधार नभएकोले विश्वसंजालको गतिविधि पार्टीले पत्र लेख्दैमा नरोकिन्ने कुरा स्पष्ट पारेका थिए ।

अन्य नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ, सचिव भोजराज थोकर, केन्द्रीय सदस्य प्रमोद सिटौला, हरि शर्मा, काँग्रेसका अग्रज नेताआङदावा शेर्पा, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व उपसभापति मिङमार शेर्पा, महासमिति सदस्य एवं नेजस अमेरिकाको केन्द्रीय सदस्य वेद प्रसाद खरेल, नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति रोशन ढुङ्गाना, उपसभापति अमर तामाङ, सदस्य अनन्त सुवेदी, अग्नि ढकाल, लङआईल्याण्ड च्याप्टरका सभापति विश्व वाँस्तोला, महासचिव बिनिता भुजेल, दुर्गेश कार्की, महेश खड्का, काँग्रेस नेतृ वन्दना कोइराला, सुजन खनाल, रामकृष्ण महर्जन, सञ्जीव श्रेष्ठ, ग्यानल थापा लगायतले आफ्ना भनाई र सुझाव राखेका थिए ।