अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०९ | Colorodo: 06:24

सङ्खुवासभा कम्युनिटी अफ युयसएको तेस्रो साधारण सभा तथा समर पिकनिक हुँदै

बिआरटीनेपाल २०७५ असार ५ गते ८:२४ मा प्रकाशित

कोलोराडोमा सङ्खुवासभा कम्युनिटी अफ युयसएको तेस्रो साधारण सभा तथा संखुवासभाली अमेरिकाको समर पिकनिक यहीआइतबार जुन २४ तारिखमा नोर्थग्लेनको पार्क (11801 Community Center Dr, Northglenn) मा हुँदैछ । संस्थाका महासचिव हरि कुमार श्रेष्ठ अनुसार कार्यक्रम बिहान १० बजे देखी सुरु हुने दिनको २:३० मा सामापन हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको तालिका अनुसार बिहान १० देखी १०:३० सम्म दर्ता, १०:४५ मा साधारण सभाको उद्घाटन, ११ बजे महासचिव, कोषाध्यक्षको प्रतिवेदन, आवश्यक परेमा विधान संसोधन हुनेछ । त्यसै गरी ११:३० बजे सांस्कृतिक कार्यक्रम, १:३० बजे लन्च र २:३० बजे कार्यक्रम समापन हुनेछ । कार्यक्रममा जान शुल्क लाग्ने छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू