अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२६ | Colorodo: 15:41

सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति भेटवार्ता

बिआरटीनेपाल २०७५ जेठ २८ गते ११:०१ मा प्रकाशित

सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ ।  उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुग्नुभएको छ ।

मंगलबार बिहान उहाँहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ । विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुग्नुभएको समाचारमा जनाइएको छ । सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू