अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४१ | Colorodo: 12:56

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको पाँचौँ शृङ्खला सम्पन्न

बिआरटीनेपाल २०७५ जेठ २७ गते २१:५० मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो पाँचौँ शृङ्खला सम्पन्न गरेको छ । नेपाली संगीतिक क्षेत्रमा लोकप्रिय गायक महेश बुढाथोकीको प्रमुख आथित्यमा सरोज भुसालले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपालबाट भ्रमणको सिलसिलामा आउनु भएका प्राध्यापक कवि गंगाधर कट्टेल नवराज घिमिरेका छन्द कविता लगायत ज्ञानेन्द्र काफ्ले, सेनु तिवारी, बिभिषिका अधिकारी, धन पौड्याल, कृष्ण घिमिरे, गौतम सागर राई, भुपेन्द्र महत जस्ता कवि कवयित्रीले कविता गीत र गजल बाँच्न गरेका थिए भने वसन्त लम्साल र महेश बुढाथोकीले आफ्नो गायन प्रस्तुत गरेका थिए ।

आमा र मातृभूमि बोकेका कविताको साथै विदेशी भूमिमा रहँदाको तितो सत्य तथा माया र अनुरागका कविताहरूले वातावरण साहित्यमय बनाएको थियो भने कोलोराडोका कवि तथा गीतकार ज्ञानेन्द्र गादलले छिन्नलता पुरस्कार पाउने भएकोमा बधाई तथा शुभकामना समेत व्यक्त गरिएको थियो ।

आगामी कार्यकम साहित्यिक अनुरागीहरूको परिवार र परिकार सहित विविध रचना वाचन गायन र नृत्य सहित मनोरन्जनात्मक रूपमा बन्द कोठामा नभएर प्राकृतिक छटाको साथ सम्पन्न हुने जानकारी धन पौड्यालले दिनु भएको थियो भने नीउरो सर्जन उपेन्द्र देवकोटाको स्वास्थ्य लाभको कामना गरिएको उक्त कार्यकममा साहित्य अनुरागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सबै स्रजकलाई समान रूपमा स्थान दिने तथा उपस्थित ब्यक्तिव मध्यबाट आथित्य ग्रहण गराइ अनौपचारिक रूपमा सिधै स्रष्टा र श्रीजनालाई अभिव्यक्त गर्ने साझा मञ्चको अवधारणामा जन्मिएको यस प्रतिष्ठानको आगामी स्रिखलाको सञ्चालन कवयित्री बिभिषिका अधिकारीले गर्नु हुने भएको छ ।

प्रतिक्रिया