अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

नेक्स्ट सुपर टप्स मोडल नेपालको पहिलो अडिसन सम्पन्न धमाधम अन्य प्रतियोगीहरु समेत छनौट हुँदै

सुर्य चन्द, काठमाडौँ २०७५ जेठ २१ गते ८:५८ मा प्रकाशित

नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरूको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ l रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन् भने अन्य प्रतियोगीहरुको लागि मोडल सङस नेपाल प्रालिको कार्यालय एयरपोर्ट सिनामंगल काठमाडौँ बाट धमाधम छनौट भइरहेको कुरा आयोजक संस्थाले जानकारी गराएको छ l

पहिलो अडिसनमा आयोजक डेबिल सिंह राजपुत, मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत, फेसन डिजाइनर ममता बस्नेत, आयोजक सुजन रिमाल, मोडल तथा कोरियोग्राफर दिवस भट्टराईले प्रतियोगीहरुलाई छनौट गरेका थिए ।

उक्त प्रतियोगिता भविष्यमा नेपाल बाट अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिँदै आएको कुरा मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ वर्ष देखि ३० वर्ष सम्मको र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका तथा बिबाहित अबिबाहित दुवै प्रतियोगीहरुले भाग लिन पाउनेछन l उक्त प्रतियोगिताको विजेताले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागिता हुन पाउनेछन l

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धीहरूलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधिमा समेत सहभागी गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए। इच्छुक प्रतियोगी हरू सम्पर्क को लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन l

For More Information :-
9869014571
9844271872
9842637222
9809649541

प्रतिक्रिया