अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

लालबाबु प्रकरण : फोरमको बचाउ राजपा मौन

नागरिक दैनिक २०७५ वैशाख ३१ गते १८:४४ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा गत शुक्रवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिको विषयमा सङ्घीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ ।

राजपाका अधिकांश शीर्ष नेता भने यसबारे प्रतिक्रिया दिन चाहँदैनन् । स्रोतका अनुसार, शुक्रवार लालबाबुले बोल्ने भाषणका विषयमा प्रदेश २ का राजपा नेताहरू र पैदेश सरकारमा रहेका मन्त्रीलाई जानकारी गराइएको थिएन ।

प्रदेश २ को मन्त्रिपरिषद् बैठक नियमित रूपमा हप्तामा सोमबार र बिहीबार बस्ने गर्छ । तर त्यो हप्ता बिहीबार बैठक बस्न सकेन । पछिल्लो बैठक सोमबार बसेको थियो ।,आजको नागरिक दैनिकमा यो खबर छ,

सम्बन्धित सामग्रीहरू