अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२७ | Colorodo: 00:42

एमाले-माओवादी एकीकरण प्रक्रिया स्थगन, बढ्यो चिसो

नागरिक दैनिक २०७५ वैशाख ३१ गते १८:३९ मा प्रकाशित

नेकमा एमाले र नेकपा माओवादी एकीकरण प्रक्रिया अघोषित रूपमा स्थगन भएको छ ।

परिणामस्वरुप दुवै पक्षबाट तिक्त अभिव्यक्ति सार्वजनिक हुन थालेका छन् भने दुई पार्टीका अध्यक्षबिचको बैठक पनि पतालिँदै गएको छ ।

माओवादी नेताहरूले आफ्नो पार्टी सरकारमा भए पनि निर्णय प्रक्रियामा सहभागी नगराइएको गुनासो गर्न थालेका छन् ।

माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूले सचिव सरुवादेखि बजेट निर्माण प्रक्रियामा आफूहरूलाई बाहिर राखेर निर्णय गरिएको गुनासो अध्यक्ष पुष्पकमा दाहालसँग व्यक्त गरेका हुन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

सम्बन्धित सामग्रीहरू