अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

कर्मचारीले विदेश भ्रमणमा राज्यकोष दोहन गरेपछि..

नागरिक दैनिक २०७५ वैशाख १९ गते २०:१७ मा प्रकाशित

काठमाडौँ – कर्मचारीले अनावश्यक रूपमा विदेश भ्रमण गरी राज्यकोष दोहन गरेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ जारी गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा विदेश भ्रमणका नाममा कर्मचारीले करिब दुई अर्ब १५ करोड रुपैयाँ राज्यकोषबाट रित्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका ल्याएको हो ।

‘सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकाले नेपाल सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका बनाएको छ ।’ निर्देशिकामा भनिएको छ ।

निर्देशिकाअनुसार अब सरकारी कर्मचारीले ठेकेदार वा परामर्शदाताको खर्चमा विदेश भ्रमण गर्न पाउने छैनन् । यसअघि सरकारी कर्मचारी सरकारलाई व्ययभार नपर्ने भन्दै ठेकेदार, परामर्शदाता, आयोजना तथा परियोजना खर्चमा विदेश भ्रमणमा जाने गर्थे । ठेकेदार र परामर्शदाताले कर्मचारीलाई विदेश भ्रमण गराई देशभित्र सञ्चालित परियोजनामा आफू अनुकूल प्रभाव पार्दै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

कार्टुन: रातोपटी

 

सम्बन्धित सामग्रीहरू