अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४४ | Colorodo: 02:59

चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता

बिआरटीनेपाल २०७५ वैशाख १४ गते ९:३६ मा प्रकाशित

चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रवार चीनको हुवेइ प्रान्तस्थित उहान सहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले सहरको एक सङ्ग्रहालयमा स्वागत गर्नुभएको छ ।

उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबिचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय सुरु गर्ने विषयमा केन्द्रित भएको बताइएको छ ।

उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका विषयमा चासो उठाएको बताइएको छ । नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानुनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।

शनिवार सङ्ग्रहालयको अवलोकनपछि केही समय बैठक भएको थियो । शनिवार प्रधानमन्त्री मोदी इष्ट लेकमा डुङ्गा भ्रमण गरी पुनः बैठकमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू