अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३२ | Colorodo: 01:47

विश्वका सबै भन्दा जेष्ठ नागरिकको निधन

बिआरटीनेपाल २०७५ वैशाख ९ गते १२:१६ मा प्रकाशित

टोक्यो, विश्वभरिका जीवित मानिसहरू मध्ये सबै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिवार निधन भएको छ ।  स्थानीय अधिकारीहरूले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।

जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिवार बेलुका झन्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरूले आइतबार समाचार संप्रेषण गरेका छन् ।  उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्वीपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।  ‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइएकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक हुनुभएको छ । झन्डै ११२ वर्षका मसाजो नोनाका अहिले जीवित नागरिक मध्ये सबै भन्दा जेष्ठ नागरिक बन्नु भएको हो । जापानमा धेरै नागरिकहरू लामो उमेर बाच्ने गर्दछन् । झन्डै ६८ हजार जापानी नागरिकहरू एक सय वर्ष भन्दा बढी उमेरका सरकारी स्रोतले गत वर्ष नै जानकारी दिएको थियो । रासस/एएफपी 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू