अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

नबुझ्ने प्रेस्क्रिप्सन लेख्ने डाक्टरलाई कारबाही

गोरखापत्र २०७५ वैशाख ७ गते २०:०४ मा प्रकाशित

काठमाडौँ – बिरामीको पुर्जामा चिकित्सकले लेख्दा औषधिको सिफारिस (प्रेस्क्रिप्सन) नबुझेको गुनासो बढ्न थालेपछि नेपाल मेडिकल काउन्सिलले बुझिने अक्षर र भाषामा प्रेस्क्रिप्सन लेख्न आग्रह गरेको छ ।

मेडिकल काउन्सिलको आग्रहलाई अटेर गर्ने चिकित्सकलाई कारबाही गरिने पनि जनाइएको छ । कतिपय चिकित्सकले औषधि प्रेस्क्रिप्सन गर्दा त्यही फार्मेसीले मात्र बुझ्ने गरी कोड भाषामा मात्र लेख्ने आरोप पनि लाग्दै आएको छ । काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाले भने, यो नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा भएको विषय हो ।पछिल्लो समय नर्स तथा पारामेडिक्सहरुले समेत डाक्टर  भनेर प्रेस्क्रिप्सन गरेको पाइयो । 

सम्बन्धित सामग्रीहरू