अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

अमेरिकी गुप्तचर निकाय सिआईए प्रमुख र किमबिच भेट

बिआरटीनेपाल २०७५ वैशाख ५ गते ११:५५ मा प्रकाशित

वासिङ्टन, अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ ।

बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख माइक पोम्पेओ र नेता किमबिच भेटवार्ता भएको जनाइएको छ । उहाँहरूबिच उत्तरपूर्वी एसियाली मुलुकमा एक हप्तापहिले गोप्य भेट भएको राष्ट्रपति ट्रम्पको ट्वीटर सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “गतहप्ता माइक पोम्पेआले उत्तर कोरियाली नेता भेट्नुभएको छ । दुई अधिकारीबिच भएको भेटमा दुई मुलुकबिचका असमझदारीलाई हटाउने विषयमा कुराकानी भएको भेट सकारात्मक रहेको छ ।” भेट दुईदेशबीचको सम्बन्ध सुधारका लागि उपयोगी भएको अमेरिकी राष्ट्रपतिको भनाई छ । 

कोरियाली प्रायदीपमा देखिँदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समय पहिले दक्षिण कोरियामा भएको शीत ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने एक्कासि निर्णय आएपछि क्रमशः सुधारका सङ्केत देखिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू