अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१४ | Colorodo: 00:29

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको तेस्रो शृङ्खला सम्पन्न 

बिआरटीनेपाल २०७४ चैत २६ गते ९:२५ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानले आफ्नो तेस्रो शृङ्खला पुरा गरेको छ । स्रष्टाका कला, गला र श्रीजनालाई प्रस्तुतिको साझा मञ्चको अवधारणा लिएर अघि बढेको यो संस्थाले बिना औपचारिकता सिधै श्रीजना बाँच्न र गायनलाई साथ दिँदै आइरहेको छ । सु-प्रसिद्ध गायिका रीमा गुरुङ होडाको सभापतित्वमा सानी बहिनी आँचल सापकोटाको नृत्यबाट सुरु भएको थियो । 

धन पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा बिभिषिका अधिकारी, समीर आचार्य, गौतम सागर राई, सरोज भुषाल, धन पौडेल र भुपेन्द्र महतले कविता, गीत गजल सुनाएका थिए भने ज्ञानेन्द्र काफ्लेले नेपालमा रहेका स्रष्टा श्याम कुमार भट्टराई र विश्वनाथ प्रेमको रचना र भुपेन्द्र महतले लक्ष्मी थापाको गजल वाचन गर्नु भएको थियो । सु-प्रसिद्ध गायिका कमला श्रेष्ठ र नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तर सम्म पुर्‍याउने विजय वैधलाई श्रन्दान्जली अर्पण गरिएको थियो ।

सुन्ने र सुनाउने यो संस्थाको प्रगतिको कामना गर्दै आफ्नो सुरिलो गलामा गगन गुरुङको शब्दमा रहेको सुमधुर गीतलाई पहिलो पटक मञ्चमा गाउँदै कार्यक्रमको बिट मर्नु भएको थियो ।  समान हैसियत र अवसर प्रदान गर्ने लक्ष लिएको यस संस्थाको आगामी कार्यक्रम भुपेन्द्र महतले सञ्चालन गर्ने जिम्मा दीइेएकोछ । 

प्रतिक्रिया