अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:११ | Colorodo: 04:26

अमेरिकाले चिनबाट आयातित १३ सय प्रकारका सामानमा २५ प्रतिशत भन्दा बढी कर बृद्धी गर्दै

बिआरटीनेपाल २०७४ चैत २१ गते ५:२१ मा प्रकाशित

अमेरिकाले चिनबाट आयात हुने विभिन्न १३ सय प्रकारका सामानमा २५ प्रतिशत भन्दा बढी कर लगाउने भएको छ । अमेरिकाले चिनबाट आयात गरिने १३ सय  भन्दा बढी वस्तुहरुको सुची सार्वजनिक गर्दै २५ प्रतिशत कर लगाउने निर्णय गरेको हो ।

कर लाग्ने सामानहरुमा मेडिकल सम्बन्धी सामानहरु देखि मोटरसाइकल र टेलिभिजन सम्म रहेका छन् । चिनबाट आयात हुने सामानहरुमा कर लाग्ने भए सँगै अमेरिकी उपभोक्ताहरुले चर्को मुल्य तिरेर सामान खरिद गर्नुपर्ने भएको छ । बौद्धिक चोरीको आरोप लगाउदै व्यापार सन्तुलनका लागि यस्तो निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ ।

चिनले अमेरिकाबाट आयात हुने बंगुरको मासु र वाइनमा कर वृद्धि गर्ने बताएपछि अमेरिकाले पनि कर लाग्ने सामानहरुको सुची सार्वजनिक गरेको बिबिसिले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू