अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

अमेरिकी सेना बोकेको हेलिकोप्टर इराकमा दुर्घटनाग्रस्त

बिआरटीनेपाल २०७४ चैत २ गते ९:४५ मा प्रकाशित

वासिङटन, इराकको पश्चिमी क्षेत्रमा अमेरिकी सेना बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । सात जना अमेरिकी सैनिक अधिकारीको दुर्घटनामा परी मृत्यु भएको अमेरिकी सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

“विमानमा सात सैनिक थिए, ती सबैको मृत्यु भएको विश्वास गरिएको छ,” अमेरिकी अधिकारीले सञ्चार माध्यमसँग भने । उनले थपे उनीहरू सबै जना अमेरिकी सेवाका सदस्यहरू रहेका थिए । इराकबाट सिरिया जाने बेलामा हेलिकोप्टर दुर्घटनामा परेको र अन्य विवरणहरू आउन बाँकी रहेको समाचारमा जनाइएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू