अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

राष्ट्रपति ट्रम्पद्वारा विवादास्पद स्टिल र एल्मुनियममा कर बृद्धी सम्वन्धी प्रस्तावमा हस्ताक्षर

बिआरटीनेपाल २०७४ फागुन २५ गते ०:०४ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै विवादास्पद मानिएको स्टिल र एल्मुनियममा कर बृद्धी गर्ने सम्वन्धी प्रस्तावमा हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पको हस्ताक्षर संगै अब विभिन्न देशहरुबाट अमेरिका आयात हुदै आएका स्टिलजन्य उत्पादनमा २५ प्रतिशत र एल्युमिनियममा १० प्रतिशत कर बृद्धी हुने छ । अबको १५ दिन पछीबाट कार्यान्वयनमा आउने भनिएको यो नयाँ नियमले क्यानडा र मेक्सिकोलाइ भने छुट दिएको छ ।

हाल भइहेका व्यापारिक सम्झौताका कारण अन्य मुलुकहरुले अमेरिकालाई बर्षौदेखि लुटिरहेको बताउदै ट्रम्प प्रशासनले केही दिन अघी कर बृद्धी सम्वन्धी विवादास्पद प्रस्ताव ल्याएको थियो । राष्ट्रपती ट्रम्पको आफ्नै पार्टी भित्रबाट समेत विरोध भइरहेको नयाँ प्रस्ताव प्रति युरोपेली युनियन, चीन लगायतका मुलकले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

इयुले यस अघी नै अमेरिकाबाट युरोप आयात हुने कारहरुमा कर वृद्धी गर्ने चेतावनी समेत दिएको छ । चीनले पनि अमेरिकी प्रस्ताव पारित भए त्यसै नबस्ने संकेत दिइसकेको छ । अमेरीकी निर्णयले अब नयाँ व्यापारिक युद्ध सुरु हुनसक्ने भन्दै बिज्ञहरुले भने चिन्ता व्यक्त गरेका छन् ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू