अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०६ | Colorodo: 22:21

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी महिलाहरूको ऐतिहासिक पदयात्रा

बिआरटीनेपाल २०७४ फागुन २४ गते ११:२७ मा प्रकाशित

रियाद, अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा साउदी अरबका महिलाहरूले बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको साउदी सञ्चार माध्यमले जनाएका छन् ।

यति ठुलो सङ्ख्यामा महिलाको सहभागितामा पदयात्रा निकालिएको पहिलो पटक भएकाले यसलाई अधिकारवादीहरूले ऐतिहासिक भएको बताएका छन् । महिलाको स्वास्थ्य, जीवन शैली र वातावरणीय उत्थानका लागि भन्दै जेद्दाह सरकारले पदयात्राको आयोजना गरेको जनाएको छ ।

साउदी अरबमा पछिल्लो समय महिलाका लागि उदारवादी कामहरू हुँदै आइरहेका छन् । उनीहरूले ‘आधुनिक इस्लाम’ तर्फको बाटो अपनाएको बताएका छन् । साउदी अरबले यसै वर्षको जुन महिनादेखि महिलाहरूलाई पनि सवारी साधन सञ्चालन गर्न दिने घोषणा गरिसकेको छ ।

सवारी चालक अनुमति पत्र लिनका लागि अहिले सिक्दै गरेकी एक प्रशिक्षार्थी महिलाले भनिन्, “महिलाले पनि सवारी साधन सञ्चालन गर्न पाउने व्यवस्था हुन लागेकाले हामी निकै रोमाञ्चित छौँ ।” उहाँले थप्नुभयो “अब बल्ल महिला पुरुष एक रथका दुई पाङ्ग्रा भन्ने मान्यता सार्थक हुने भयो ।” 

File photo from www.timesofisrael.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू