अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

सिरियामा खसेको रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु

बिआरटीनेपाल २०७४ फागुन २३ गते १७:४७ मा प्रकाशित

दमासकस, २३ फागुन (एएफपी) ः
सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु भएको बताइएको छ ।

रुसले आफ्नो एउटा सैनिक विमान सिरियामा दुर्घटनाग्रस्त भएको जनाएको थियो । उक्त विमानमा सवार सबै ३२ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

मङ्गलबार सो विमान रुसी सेनाले सिरियामा प्रयोग गर्दै आएको एक सैन्य शिविर नजिकै दुर्घटना भएको हो । सिरियाको राजधानी दमासकसबाट सो क्षेत्र नजिकै रहेको छ ।

सो विमान अवतरण गर्न लाग्दा दुर्घटनामा परेको हो । दुर्घटनाबारे छानबिन हुने रुसी सेनाले जानकारी दिएको छ ।

रुसी रक्षा मन्त्रालयले प्राविधिक त्रुटीका कारण सो दुर्घटनामा परेको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू