अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४५ | Colorodo: 09:00

नेपालले मोहनी लगायो – माइकल हट

बिआरटीनेपाल २०७४ फागुन १२ गते १०:३६ मा प्रकाशित

बेलायतको पश्चिमी गाउँमा जन्मिएर लन्डन पुगी नेपाली साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर माइकल हटलाई टफ टकमा हुनुहुन्छ । जसलाई ३० वर्ष अघि नेपाल टेक्न साथ नेपाल र नेपालीको व्यवहारले मोहनी लगायो र जसले अटुट रूपमा नेपाली कला तथा साहित्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्धन गर्न योगदान पु¥याइरहेका छन् । 

माइकल हट, धेरै नेपालीका लागि परिचित नाम नहुन सक्छ । तर नेपालबारे जान्न खोज्ने धेरै विदेशीका लागि परिचित मात्र हैन, थाहा नपाई नहुने मध्येको नाम हो । माइकल हट एक बेलायतको उच्च प्राज्ञिक संस्था युनिभर्सिटी अफ लन्डनको दक्षिण एसिया विभाग अन्तर्गत नेपाली र हिमालयन स्टडिजका प्राध्यापक हुनुहुन्छ, ।

उहाँले लक्ष्मीप्रसाद देवकोटा मुनामदन, भुपि शेरचनको घुम्ने मेच माथि अन्धो मान्छे, लीलबहादुर क्षेत्रीको बसाई, पारिजातको शिरिसको फुल, बीपीको सुम्निमा लगायतका धेरै नेपाली कृतिलाई अङ्ग्रेजीमा अनुवाद गर्नुभएको छ भने नेपाली समाज, साहित्य, संस्कृति तथा राजनीतिक विषयमा पुस्तकहरू समेत प्रकाशन गर्नुभएको छ ।

यसका अतिरिक्त प्राध्यापक माइकल हटले नेपालको राजनीतिका, आर्थिक र सामाजिक विषय वस्तुमा गर्नु भएका अनुसन्धान पुस्तक र अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् । प्राध्यापक हट पछिल्लो समय, तीन वर्ष अघि नेपालमा गएको भूकम्प र त्यसले यहाँको साहित्यिक तथा सास्कृतिक पक्षलाई पारेको प्रभावका बारेमा अनुसन्धानमा व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू