अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

कवि जोन किट्सको निवासमा ‘भाया साक्रा’

बिआरटीनेपाल २०७४ फागुन १२ गते ८:३० मा प्रकाशित

लन्डन, रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ लेखक आफैँले सार्वजनिक गरे । सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई ‘सिटी अफ लन्डन’ले म्युजियमको रूपमा सञ्चालनमा ल्याएको छ ।

उक्त ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ वटा यात्रानुभूतिहरु समावेश छन् । बजगाईंको नियात्राङ्ग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण रहेको छ ।

आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय रहेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौँ साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह हो । यसअघि उनका युरेशियाको स्पर्श (नियात्रासङ्ग्रह), कमरेड भाउजू(कथासङ्ग्रह ), स्रष्टा र डिजिटल वार्ता(अन्तर्वातासङ्ग्रह), यन्त्रवत्, रोडम्याप र कवच(लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह) कृतिहरू प्रकाशित भइसकेका छन् ।

सुप्रमा साहित्य पुरस्कार(बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार(अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड(अमेरिका), देवकोटा शताब्दी सम्मान(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानहरूद्वारा बजगाईं सम्मानित भएका छन् । उनले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक सङ्घसंस्थाको नेतृत्व गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू