अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४० | Colorodo: 16:55

आज ‘विश्व रेडियो दिवस’- नेपालमा पनि मनाईंंदै

बिआरटीनेपाल २०७४ फागुन १ गते १:२८ मा प्रकाशित

 विश्व रेडियो दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । सरकारले २००७ सालमा रेडियो नेपाल सञ्चालनमा ल्याएको थियो । त्यसपछि निजी क्षेत्रबाट २०५४ सालमा रेडियो सगरमाथा सञ्चालन आयो । निजी क्षेत्रबाट २०५४ सालमा एफएम रेडियो प्रसारणको सुरुवात भएसँगै ६० को दशकमा ती एफएम रेडियोको सङ्ख्यामा अत्यधिक वृद्धि भएको सञ्चार मन्त्रालयको तथ्याङ्कबाट देखिन्छ ।नेपालमा अहिले करिव सात सय रेडियो संञ्चालनमा छन्।

अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।

नेपालमा रेडियोकर्मीहरुको संख्या करिव पाँच हजार रहेको छ। नेपालको पहिलो रेडियोकर्मी तारणी प्रसाद कोईराला हुन।

सन् १८९५मा इटालियन वैज्ञानिक जि मार्कोनीले विधूतीय तारविना आवाज सम्प्रेषण गर्न सफल भएपछि विश्वमा रेडियोको आविष्कार भएको हो।।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू