अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 13:15

पाकिस्तानको सैनिक शिविरमा आक्रमण: ११ सैन्य अधिकारीको हत्या

बिआरटीनेपाल २०७४ माघ २१ गते २:३७ मा प्रकाशित

पाकिस्तानको उत्तरपश्चिमी स्वात जिल्लाको एक सैनिक शिविरमा शनिबार राति भएको आतंककारी आक्रमणमा परी कम्तीमा पनि ११ सैनिकको ज्यान गएको छ ।

मारिनेमा केही सैन्य उच्च अधिकारी पनि परेका छन् । पाकिस्तानको राष्ट्रिय सेनाले आइतबार बिहान सो जानकारी दिएको छ ।

उक्त सैन्य शिविरमा रातको समय पारेर आतंकारीले हमला गरेका थिए । यस हमलामा परी अरु कैयौँ सैनिक गम्भीररुपमा घाइते भएका छन् ।

पाकिस्तानी सेनाले प्रकाशन गरेको विज्ञप्तिमा यसरी घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतले कैयौँ घाइतेको अवस्था अत्यन्तै गम्भीर रहेकोले मृत्यु हुनेको संख्या अरु बढ्नसक्ने जनाएको छ ।

उक्त आक्रमणको पाकिस्तानी तालिबानले जिम्मेवारी लिएको छ । आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न सकिएको छैन । उनीहरु रातको समयमा हमला गरेर भागेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री सइद खक्वान अब्बासीले उक्त हमलाको निन्दा गर्नुभएको छ । उहाँले आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू