अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

भारतको ६९ औँ गणतन्त्र दिवसका राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित

बिआरटीनेपाल २०७४ माघ १३ गते ७:१९ मा प्रकाशित

भारतको ६९ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मानित भएका छन् । ललितपुरमा आज आयोजित विशेष समारोहमा नेपाल–भारत मैत्री समाजले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अभिनन्दन गरेको हो ।

भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा ललितपुरमा आज अपराह्न आयोजित विशेष समारोहमा
नेपाली भाषा, साहित्यको क्षेत्रमा लामो समयदेखि अनवरत योगदानको कदरस्वरुप राष्ट्रकवि घिमिरेलाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले संयुक्त रुपमा अभिनन्दन गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा जगदीश अग्रवाललाई पनि ‘इन्टरनल मेडिसिन’मा खोज गरेबापत सम्मान गरिएको सो समारोहमा बोल्दै राष्ट्रकवि घिमिरेले राष्ट्रकविले संस्कृतिको उदयदेखि नै नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू