अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

‘अन्तराष्ट्रिय नेपाली साहित्य समाज’ आफ्नै भबन बनाउने तयारीमा

बिआरटीनेपाल २०७४ पुष २८ गते २२:१० मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज अब आफ्नै भबन बनाउने तयारीमा जुटेको छ । अमेरिकाको भर्जिनियामा सम्पन्न अनेसास सर्वोकृष्ट पुस्तक पुरस्कार बितरण समारोह तथा अनेसास भेलाको अबसरमा यो निर्णय गरिएको हो । पुरस्कारहरु बितरण तथा रचना बाचन कार्यक्रम सिद्धिए लगत्तै उक्त भवन निर्माण सम्बन्धी छलफल गरिएको थियो ।

भवन निर्माण सम्बन्धी छलफलले अर्थ संकलनमा जोड दिनु पर्ने निचोड निकालेको छ । सो कार्य सफल पार्नको लागि बाल्टिमोर निवासी डा श्याम कार्कीको संयोजकत्वमा एक समिती बनाईएको छ । जस्मा कोलोराडो निवासी पदम विश्वकर्मा, लसएन्जलस निवासी राम लामा अविनाशी, न्यु मेक्सिको निवासी रोहिणी शर्मा, भर्जिनिया निवासी राम प्रसाद खनाल, मेरिल्याण्ड बासी सिता पाण्डे,जापान निवासी प्रकाश पौडेल माइला आदी संलग्न भएका छन् भने अरु बिभिन्न देश र क्षेत्रबाट अन्य नामहरु पनि समाबेश गरिने भएको छ । समितिको अन्तिम नामाबलि भने अनेसासको केन्द्रिय कार्य समितीको बैठकले पारीत गरे पछि मात्र सार्वजनिक गरिने कुराको जानकारी अनेसासका अध्यक्ष विश्वकर्माले दिए ।

अनेसास केन्द्र र बोर्ड अफ ट्रस्टीको खातमा गरी करीब एक लाख डलर बचत रहेको र बांकी रकम जुटाउंने तयारी भएको हो । सो शुभ कार्यको शुभारम्भ संयोजक डा कार्कीको ५ हजार डलरको प्रतिबद्धताबाट भएको थियो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले भवन बनाउने हो भने ५ हजार दिन्छु भनी पहिला नै भनेको कुरालाई सदर गरिएको थियो । रोहिणी शर्माबाट भवन बनाउने कुरामा खुशी ब्यक्त गर्दै ६ हजार डलर प्रतिबद्धता भएको थियो भने राम लामा अविनाशीले ५ हजार डलरको श्वासफुर्त रुपमा प्रतिबद्धता ब्यक्त गरेका थिए । अनेसासका अध्यक्ष पदम विश्वकर्माबाट २ हजार डलरको प्रतिबद्धता आएको थियो ।

राम प्रसाद खनालले आफुले च्याप्टरका कार्यसमिती संग सलाह गरेर रकम तोक्ने कुरा बताउने तर अरु कुनै च्याप्टरले दिने रकम भन्दा कम नगर्ने जानकारी दिएका थिए । तर, जापान निवासी प्रकाश पौडेल माईलाले भने जापान च्याप्टरमा सर-सलाह गरी दिने रकम पछि बोल्ने भए पनि अहिले आफ्नो ब्यक्तिगत तर्फबाट १ हजार डलर दिन चाहन्छु भनेका थिए । स्वस्फुर्त रुपमा प्रतिबद्धता ब्यक्त गर्नेहरुमा शिव लामिछाने १ हजार १ सय ११ डलर,सिता पाण्डे ५ सय डलर, बासु सत्याल ५ सय डलर, पदम रेग्मी ५ सय १ डलर, सुदिप भद्र खनाल २ सय ५० डलर र नारायण अधिकारी २ सय थिए ।

विश्व भरी रहेका अनेसास च्याप्टरहरुको तर्फबाट पनि भवन निर्माणका लागि सहयोग जुटाउने योजना रहेको छ । अनेसास भबन अमेरिकाको  डिसी मेट्रो एरिया नजिकै राख्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया