अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

चलचित्र ‘पंचायत’को प्रिमियर अमेरिकाको भर्जिनियामा

बिआरटीनेपाल २०७४ पुष २४ गते ०:२९ मा प्रकाशित
नेपालको पुरानो सामाजिक ब्यबस्था र समाजको चित्रणलाई मुख्य कथाबस्तु बनाइए निर्माण गरिएको चलचित्र ‘पंचायत’को  अमेरिकाको भर्जिनियामा  प्रिमियर गरिएको छ ।
अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव ” मा  चलचित्र  ‘पंचायत’ले  बिदेशी भाषाको उत्कृष्ट चलचित्र ” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री ” विधामा पुरस्कार जित्न सफल भएको थियो ।
चलचित्र ‘पंचायत’को प्रिमियर र अन्य बिशेष सो को लागि अभिनेता सरोज खनाल अहिले नेपाल बाट अमेरिका गएका हुन् ।चलचित्रको अमेरिकाको भर्जि्नियामा गरिएको प्रिमियरमा दर्शको प्रतिक्रिया निकै राम्रो मिलेको छ ।
चलचित्र हेरेर निस्केका सबै जसो दर्शकले चलचित्र निकै राम्रो बनेको भन्दै खुलेरै प्रसंसा गरेका छन्   ।चलचित्रको कथा बस्तु र सरोज खनाल र नीता  ढुंगानाको अभिनयको सबैले तारिफ गरेका छन् ।
 चलचित्र ‘पंचायत’मा शिबम अधिकारीको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सरोज खनाल , निता ढुङ्गाना, रुपा राना , गिता अधिकारी, गणेश गिरि, जाहान्वी बस्नेत,सुचित्रा उप्रेती ,प्रकृति ढुङेल, विशाल पहारी ,किरण थापा,अश्विनी कोइराला,राजु बाबु श्रेष्ठ लगायतको  मुख्य भूमिका रहेको छ  ।
गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।चलचित्र ‘पंचायत’नेपालमा भने चैत्र २ गते बाट प्रदर्शनमा आउदैछ ।
प्रतिक्रिया