अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

नेजा–एनआरएन अमेरिका अन्तरक्रिया ” प्रतिज्ञाका १०० दिन”

बिआरटीनेपाल २०७४ पुष २१ गते २०:३० मा प्रकाशित

नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले एनआरएन अमेरिकाको नयाँ कार्यसमितिसँग टेक्ससको ह्वुस्टनमा अन्तरक्रिया गर्ने भएको छ । जनवरी ६ तरिका अर्थात् अगामी आइतबार दिउसो गरिने कार्यक्रममा एनआरएन अमेरिकाका पदाधिकारी , स्थानीय र पत्रकारहरूको सहभागिता रहने छ ।

निर्वाचनको अवधिमा एनआरएन पदाधिकारीहरूले गरेका प्रतिबद्धता कसरी कार्यान्वयनमा ल्याउँदै छन् भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुने छ । बितेका सय दिनमा आफ्ना घोषणा पत्र र प्रतिबद्धता कार्यान्वयनमा के कति प्रगति भए एनआरएन पदाधिकारिहरुले जवाफ दिनु पर्ने हुन्छ । चुनावका वेला गरिएका प्रतिज्ञाको अवज्ञा हुन नदिन यो कार्यक्रमले एनआरएन नेतृत्वलाई झकझक्याउने नेजाले विश्वास लिएको छ । 

प्रतिक्रिया