अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

धादिङमा पुरानो सिलिण्डर विस्फोट हुँदा घर जलेर ध्वस्त 

(रासस) २०७४ पुष ७ गते १:२० मा प्रकाशित

पुरानो सिलिण्डर ग्यास प्रयोग गर्न घर पुर्याएपछि विस्फोट भएका कारण एक घर जलेर पूर्णरुपमा क्षति भएको छ ।  गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाले बजारबाट किनेर लगेको नमस्ते ग्यासको सिलिण्डरहिजो बेलुका घरभित्र पुर्या उँदा विस्फोट भएपछि घर जलेर ध्वस्त भएको सोही वडाका वडासदस्य विन्दा अधिकारीले बताउनुभयो ।

ग्यास उद्योगले बजारमा ल्याएको पुरानो सिलिण्डर किनेर लगेलगत्तै विस्फोट भएकाले क्षतिपूर्ति उपलब्ध गराउन घरधनी तिमल्सिनाले माग गर्नुभएको छ । मानिस घर बाहिर भएकाबेला विस्फोटन भएकाले मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा तथा साबै सामग्री नष्ट भएको वडाध्यक्ष प्रेम तामाङले बताउनुभयो । गाउँमा हालै लगिएका सबै ग्यास सिलिण्डर जाँच गर्न र पुराना सिलिण्डर फिर्ताका लागि आह्वान गर्न लागिएको तामाङको भनाइ छ ।

सम्बन्धित सामग्रीहरू