अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

प्रदेश राजधानी माग गर्दै कपिलवस्तुमा मैनबत्ती जुलुस

(रासस) २०७४ पुष ६ गते २३:२६ मा प्रकाशित

प्रदेश नं ५ को राजधानी कपिलवस्तुलाई बनाउनुपर्ने माग गर्दै बिहीबार साँझ सदरमुकाम तौलिहवामा मैनबत्ती जुलुस प्रदर्शन गरिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले ५ नं प्रदेशको राजधानी कपिलवस्तु नै बनाउनुपर्ने माग गर्दै बजार परिक्रमा गरेका थिए । 

भगवान् गौतम बुद्धको ऐतिहासिक ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम जिल्ला रहेको भन्दै दबाबस्वरुप प्रदर्शन गरेका हुन् ।

दाङ र बुटवल राजधानी बनाउने विषयमा तीव्र विवाद भएको र यसको उत्तम विकल्प कपिलवस्तु नै भएकाले पनि प्रादेशिक राजधानी यहीँ नै हुनुपर्ने उनीहरुले माग राखेका छन् ।

सम्बन्धित सामग्रीहरू