अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

बिबिध सृजनात्मक प्रस्तुतिका साथ ‘मेडिकल लिटेरेचर मेला-२०१७’ सम्पन्न

बिआरटीनेपाल २०७४ पुष १ गते १०:४७ मा प्रकाशित

मेडिकल लिटेरेचर मेला २०१७ आज मेडिकल लिटेरेचर मेला २०१७ सम्पन्न भएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थानका बिद्यार्थीहरुको पहलमा भएको मेडिकल लिटेरेचर मेला २०१७ स्वास्थ्यसंग सम्बन्धित सृजना बाचन, डकुमेण्ट्री प्रदर्शन लागएतका बिबिध चेतनामुलक प्रस्तुतीका साथ शनिवार सांस्कृतिक संस्थानमा सम्पन्न भएको हो ।

डा. जीवन छेत्रीले बाँसुरी बजाएर सुरु गरेको उक्त मेलामा प्रा. डा. गोबिन्द केसीले यात्रा अनुभव तथा यात्राका तस्वीरहरु प्रस्तुत गर्नुभएको थियो । डा. रामेश कोइरालाले जबसम्म साहित्यले आर्थिक निर्भरता कायम गराउन सक्दैन तबसम्म साहित्य पेशाको रुपमा बिकसित हुन गाह्रो रहेको बताउनुभयो ।

बरिष्ठ लघुकथाकार डा. रवीन्द्र समीरले थोरै शब्दमा धेरै भन्न सक्ने लघुकथा विधा चिकित्सक एबम स्वास्थ्यकर्मीको लागि उपयोगी हुने बताउंदै आफ्ना लघुकथाहरु बाचन गर्नुभएको थियो ।

लेखक डा. सरोज धितालले हरेक पेशामा कला र करुणा हुनुपर्ने बिचार व्यक्त गर्नुभयो । डा. सुमन कर्माचार्य, डा. सुवास प्याकुरेल, कवयत्री सुलोचना मानन्धर तथा जनक पौडेल कविता बाचन गर्नुभएको थियो भने लेखिका राधा पौडेलले निर्माण गर्नुभएको छाउपडी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।

आयोजकको तर्फबाट बिशद ढकाल तथा प्रतिभा सुबेदीले संचालन गरेको उक्त कार्यक्रममा आविष्कार चापागाई, दिवाकर सुबेदी, कृतिका कार्की, अर्जुन घिमिरे, प्रज्वल घिमिरे, अच्युतशाली घिमिरे लगायत बिभिन्न मेडिकल कलेजका बिध्यार्थीहरुले आफ्ना रचना बाचन गरेका थिए । सांस्कृतिक संस्थानका निर्देशक राजेश थापाले साहित्यिक चिकित्सकहरुको कार्यक्रम निकै अनुकरणीय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू