अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५१
| Colorodo: 09:06
मोरङको क्षेत्र नं ५को प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डल विजयी हुनुभएको छ । मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गर्नुभएको थियो ।
सोही क्षेत्रबाट तेस्रो स्थानमा रहनुभएका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६४९ मत प्राप्त गर्नुभएको थियो ।
यसैबीच, मोरङको ६ वटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेका छन् । सोमध्ये निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस र अन्य पाँचवटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । (रासस)