अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

सात स्रष्टा पुरस्कृत

बिआरटीनेपाल २०७४ मंसिर १६ गते ११:०० मा प्रकाशित

बुद्ध शान्ति फाउण्डेशनले यस वर्षको ‘श्री बुद्ध शान्ति विमला रेग्मी समाजसेवा पुरस्कार’ मेरुदण्डमा समस्या भएका विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको छ । पुरस्कृत हुने खेलाडीहरुमा गायत्री दाहाल, ङवाङ छिरी शेपा, सोनिका ढकाल, लक्ष्मी कुँवर र रामबहादुर तामाङ हुनुहुन्छ ।

पुरस्कृत दाहाल नेपाल स्पाइनल कोर्ड इञ्जुरी खेलकुद सङ्घका अध्यक्ष शेर्पा थाङ्का पेन्टर तथा चित्रकार, ढकाल र कुँवर खेलाडी तथा पौडीबाजर तामाङ राष्ट्रिय कीर्तिमान कायम गर्ने ह्विलचियर धावक हुनुहुन्छ ।

सोही कार्यक्रममा वरिष्ठ परिचारिकाद्वय सुश्री रुक्मनी सन्द्याङ र विष्णुसिंह धर्तीलाई पनि सोही पुरस्कार वितरण गरिएको छ । ती पुरस्कारको राशि प्रत्येकलाई रु १० हजार तथा कदरपत्र रहेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्य महास्थवीरले पुरस्कृत व्यक्तित्वले मेरुदण्डमा चोट लागी पक्षघात भई ह्विलचियरको सहारा लिएर देखाएको प्रतिभाले धेरैलाई आत्मबल बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ न्युरोसर्जन डा वसन्त पन्तले मेरुदण्डभित्रको नसाको महत्वका बारे जानकारी दिँदै त्यो नसामा समस्या आएमा मानिस पक्षघात हुने र मेरुदण्ड भाँचिएर नसा चँुडेमा कम्मरमुनिको भाग निष्क्रय हुने बताउनुभयो ।

फाउण्डेशनका अध्यक्ष सन्ध्या रेग्मीले नेपाली भाषा, साहित्य, ललितकला, सङ्गीत, ज्ञान–विज्ञानलगायत विविध सिर्जनात्मक विधाको विकास, सम्बद्र्धन तथा प्रवद्र्धन गरी बुद्धको शान्तिको सन्देश फैलाउने स्रष्टालाई सो पुरस्कार दिने नीति रहेको जानकारी गराउनुभयो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू