अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४० | Colorodo: 14:55

‘हामी नेपाली होइनौं, अबको हाम्रो राष्ट्रियता नागरिकताको हिसाबले तोकिन्छ’-नेपालीभाषी भूटानी

बिआरटीनेपाल २०७४ असोज २९ गते ११:१६ मा प्रकाशित

 “हामी नेपाली होइनौं । भूटानका नेपालीभाषी हौं । अबको हाम्रो राष्ट्रियता भनेको नागरिकताको हिसाबले तोकिन्छ । त्यसो हुँदा हाम्रो वर्तमानलाई इतिहाससित जोड्नका लागि अब उसो हामीले आफूलाई नेपाली स्पिकिङ भूटानीज् अमेरिकन, अष्ट्रेलियन, नरवेजीयन, ब्रिटिश, क्यानेडियन वा डेनिस भनेर परिचित गराउनु जरुरी छ ।

शनिवारका दिन ओहायो राज्यको सम्मिट काउण्टीमा आयोजित एउटा साहित्यिक भेलामा उपस्थित सहभागीहरुले यो राय तय गरेका हुन् ।

नरवेबाट आफन्तहरुको भेटघाटका लागि अमेरिका भ्रमणमा आएका डिल्लीराम शर्मा आचार्य र अष्ट्रेलियाबाट आएका साहित्यकर्मी दुर्गा रिमाललाई स्वागत गर्न स्रष्टासंगम (ओहायोद्वारा आयोजित सो कार्यक्रममा साहित्य परिषद(भूटानका संस्थापक गंगाराम लामिटारेको बाहुलीबाट दोसल्ला ओडाएर साहित्यकर्मी द्वय आचार्य र रिमाललाई स्वागत गरियो । यसै गरी साहित्य परिषद(भूटानका अध्यक्ष भक्त घिमिरे, मातृभाषा संरक्षण समूहका संयोजक धर्मेन्द्र तिम्सिना र स्रष्टासंगम(ओहायोकी संयोजक लिला निशाद्वारा हस्ताक्षरित संयुक्त प्रशंसा पत्रद्वारा उनीहरुको अभिनन्दन पनि गरियो ।

आचार्य र रिमाल दुवैले आफू रहेका देशहरुमा भाषा र साहित्यको संरक्षण र उन्नतिको लागि के के सम्भव छन् अनि केके कुरा अभ्यासमा छन् भन्ने विस्तार गर्दै विचार राखे । कार्यक्रममा सहभागीहरुले आ(आफ्ना सिर्जना र विचार प्रस्सतुत गरेका थिए । गीतकार सौरव तिम्सिना, सवीन शर्मा धिमाल, साहित्यकर्मी तिलारूपा आचार्य, निल अधिकारी, दधिराम अधिकारी, लिला निशा, पूर्ण नर्जाली, सुशिल रेग्मी, केशव नेउपाने, धर्मेन्द्र तिम्सिना, हेम कार्की, अन्जान भूटानीलगायतले गजल, पद्य ९छन्द कविता० र गद्य कविताको प्रस्तुति दिएका थिए भने सर्जक अम्बर सुब्बाले आफ्नै शब्द र संगीतका गीतहरु प्रस्तुत गरेर कार्यक्रममा रौनक थपेका थिए ।

सहभागीकै रूपमा उपस्थित निम तामाङले वृहत् नेपाली साहित्यको एउटा अंग नाटक विधालाई कसरी प्रभावकारी बनाउन सकिएला भन्ने जिज्ञासा राखेर सबै सहभागीहरुलाई भूटानको नेपाली साहित्यमा देखिएको अपूर्णता औंल्याइदिए । निम तामाङको विचार अभिव्यक्तिको प्रशंसा गर्दै सहभागीहरुले उनको आह्वानलाई सबैले सोच्नुपर्ने बताए । सुझावकै तहमा भए पनि अधिकांश सहभागीहरुको मत थियो, “भूटानको नेपाली साहित्यमा गजल, मुक्तक, कविता धेरै लेखिएका छन्, केही श्लोक, सवाई र कथाहरु छन् । तर, उपन्यास, निवन्ध, प्रबन्ध र नाटकहरु हाम्रो साहित्यमा शून्य बराबर छन् । अब यी विधालाई पनि बाहिर ल्याउँ ।”

प्रतिक्रिया