अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

रसुवाका बिभिन्न पार्टी आवद्ध २०० जना कांग्रेसमा प्रवेश

बिआरटीनेपाल २०७४ असोज २३ गते ७:०४ मा प्रकाशित

रसुवाका बिभिन्न पार्टी आवद्ध २०० जना नेता कार्यकता कांग्रेसमा प्रवेश गरेका छन् । रसुवाका पूर्वजिविस सभापति मिलन तामाङ, राप्रपा नेपालका पूर्वजिल्ला अध्यक्ष वाङगेल थोक्रा, नवकुण्डा गाउँपालिका रसुवाका युवा संघ नेपालका उपाध्यक्ष मंगले थोक्रा, राप्रपाका गेलुङ लामा, नयाँ शक्तिका मंगले तामाङ लगायत २ सय जना राप्रपा, एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी छोडेर कांग्रेस प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस का सभापति एंव प्रधानमन्त्री शेर वहादुर देउवाले प्रधानमन्त्री निबास बालुटारमा आयोजित एक कार्यक्रमवीच उहाँहरू लाई टिका र खादा लगाई पार्टी प्रबेश गराएका छन् ।

त्यस्तै रसुवा जिल्ला कांग्रेस ईन्जिनियर मोहन आचार्यलाई सर्वसम्मत रूपमा प्रतिनिधि सभा सदस्यका लागी उमेदवार शिफारिस गरेर चुनावमा अगाडी बडेको छ । मोहन आचार्य को सिफारिश सगै रसुवा जिल्लामा अहिले नेपाली कांग्रेसको पक्षमा माहोल वन्दै गएको छ ।

 

प्रतिक्रिया