अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

अमेरिका, चीन र भारतका राजदूतलाई नेपाल बोलाइयो

बिआरटीनेपाल २०७४ असोज १९ गते ४:२४ मा प्रकाशित

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले छिमेकी चीन, भारत र अमेरिकाका लागि नेपाली राजदूतलाई काठमाडौं बोलाएको छ। नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्व शक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की ,चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल बोलाइएको हो ।

विदेशमा राजदूतहरू खासै सक्रिय हुन नसकेको भनी आलोचना भइरहेको बेला समितिले नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्व शक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न उनिहरुलाई नेपाल बोलाईएको बताएको छ ।

पाँच दर्जनभन्दा बढी व्यक्तिसमक्ष नेपालको कूटनीतिक अभ्यासबारे प्रस्तुति गर्न लगाउने सो छलफलमा  प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, परराष्ट्रका अधिकारीहरू, समितिका सदस्यहरू, सांसद र सरोकारवाला व्यक्तिहरूको सहभागिता गराउने योजना  छ ।

छलफलमा राजदूतहरूले आफ्ना कामको विवरणसँगै आइपर्ने समस्या, सहकार्य, मन्त्रालयको कार्यशैलीबारे समेत प्रस्तुति दिनेछन्।

यसअघि प्रधानमन्त्री स्वयंले पनि न्युयोर्क र ओमनमा यो कुरा उठेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू