अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 12:27

दिपक जंगममय ‘अविरल यात्रा’ नेपाली संगीत संस्कारको पृथक उदाहरण (फोटो फिचर)

बिआरटीनेपाल २०७४ असोज ४ गते १९:३३ मा प्रकाशित

असोज ४  गतेको सन्धयाकालिन समय सुरु हुँदै गर्दा नेपाल प्रज्ञा प्रतिस्ठान प्रागंण नयाँ पुराना संगीतकर्मीले भरिएको थियो । एउटा छुट्टै संगीत साधनाको भाव बोकेर कमलादी स्थित प्रज्ञा भवन पुगेका संगीतकर्मी र पुराना नेपाली गीतहरुका संगीत अनुरागी स्रोताहरुको यो उपस्थिती बरिष्ठ संगीतकार दिपक जंगमको लागि थियो । संगीतकार जंगमका बर्षौ पुराना संगीत शिष्यहरु र उनकै पदचाप पछ्याउँदै संगीतकर्ममा लागिरहेकाहरु उनिसंग आशिर्वाद लिईरहेका थिए भने उनका समकालिन गायक गायिक, रचनाकार, संगीतकार र बाद्यबादकहरु उनलाई शुभकामना र बधाई दिईरहेका थिए ।

कार्यक्रममा उपस्थित दर्शकहरुलाई उनि आफैंले स्वागत गरिरहेको दृश्यले पनि बताउँथ्यो कि संगीतको यो उचाईमा रहेर पनि उनिमा पटक्कै अहमंभाव छैन । यहि संस्कार सिकेका उनका छोरा गायक अजर जंगम पनि पाहुनाहरुसंग अत्यन्त आदरपुर्वक प्रस्तुत भएका थिए भने लामो समय संगीत प्राध्यापक रहेकी उनकी सहयात्री बेनि जंगम (रावल) र छोरी नेहा जंगम पनि उपस्थित सबैजनासंग आत्मियता साटिरहेका देखिन्थे । यो दृश्य हो बुधबार राजधानिमा राखिएको अविरल यात्रा नामक साँगितीक साँझको, जसमा दिपक जंगमका संगीतका रहेका चर्चित पुराना देखी नयाँ गीतहरु प्रस्तुत गदिंदै थियो ।

द हिडन ट्रेजरको आयोजनामा भएको साँगितीक समारोह अविरल यात्राको सुरुवात दिपक जंगमकै प्रस्तुतीबाट भयो । संगीतकार जंगमले स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको छुट्टा छुट्टै आवाजमा रहेको यति धेरै माया दिई गीत सुनाए जसलाई उनी आफैंले रचना र संगीत भरेका हुन् । नेपाली संगीत क्षेत्रमा कालजयी गीतका रुपमा रहेको यो गीत संगीतकार जंगमकै आवाजमा सुन्न पाउँदा सबैजना भावुक बनेका थिए । उसोत उनि आफ्नो समयका गायक पनि हुन् उनका आवाजमा गीतहरु रेकर्ड भएका छन् ।

संगीतकार राजु सिंह संगीत संयोजक तथा परिचालक रहेको सांगितीक समारोहमा २५ जना बाद्यवादक रहेका थिए । जसमा अनुप दास, रविन कार्कि ढली, मोहन कृष्ण कार्की ढली, नुर्वु छिरिङ , नारायण दास कार्की ढली, केशव सुनाम, मनोहर सुनाम, कुमार सिंह महाराज, अभिषेक कार्की ढली, रुपेश सिंह, महेश मणी, निरज कार्की ढली, दिनेश राज रेग्मी, नरेन्द्र बिक्रम राई, दिपक थापा, सुरज प्रधान श्रेष्ठ, अमुल कार्की ढली, भुवन गन्धर्व, सौखिन सिंह, शम्भु बानिया, सुधिर चौधरी, बिनिता कार्की ढली, किशोर कार्की ढली,बिमल कार्की ढली र सुन्दर कुमार श्रेष्ठ रहेका थिए ।

दिपम जंगमले संगीत भरेका नयाँ पुराना १९  वटा गीतहरु गाउने कार्यक्रम रहेपनि उनको संगीतमा गाउने नारायण गोपाल र अरुणा लामाको निधन भै सकेको र पाकिस्तानी गजल गायक गुलाम अलि उपस्थित हुन नसकेका कारण ति गीतहरु अन्य गायक गायिकाले प्रस्तुत गरेका थिए । जसमा नारायण गोपाल र अरुणा लामाको आवाजमा रहेका यति धेरै माया दिई दिपक जंगम स्वयंले गायक थिए भने गुलाम अलिको आवाज र स्व. मबिबि शाहको शब्दमा रहेको लोलाएका ति ठुला वोलको गीत गायक अजर जंगमले गाएका थिए । मबिबि शाहको रचना र गुलाम अलीको आवाजमा रहेको अर्को गीत गाजलु ति ठुला ठुला आँखा गायक कर्णदासले प्रस्तुत गरेका थिए ।

त्यस्तै अरुणा लामाको स्वर र दिपक जंगमकै रचना रहेको लहरे बर घुमाउने चौतारी गीत गायिक संगीता राना प्रधानले प्रस्तुत गरेकी थिईन् भने अर्की गायिका बानिका प्रधानले गीतकार नरेन्द्रराज प्रशाईको शब्द र अरुणा लामाको स्वर रहेको बिरहले रोएको रातमा गीत गाएकी थिईन् ।

त्यस्तै गायक रामकृष्ण ढकालले चाँदनी शाहको शब्द र नारायण गोपालको स्वर रहेको एउटा मान्छेको मायाले गीत र शैलेश सिंहको आवाजमा दिपक जंगमको रचना र नारायण गोपालको आवाज गरेको तिमीलाई म के भनुँ गीत प्रस्तुत गरिएको थियो ।


बाँकी गीतहरुका गायक गायिक आफैं उपस्थित थिए । जसमा भुपेन्द्र महतको शब्द रहेको अजर जंगमको जिन्दगीले हिसाव माग्छ, बिना महतको शब्दमा दिप श्रेष्ठको दोधार भो, अनामिका (बेनी जंगम रावल)को शब्दमा रामकृष्ण ढकालको मिठा मिठा कुरा सबै, कालिप्रसाद रिजालको शब्द रहेको शैलेस सिंहको तिम्रो र मेरो बिचको, क्षेत्र प्रताप अधिकारीको शब्दमा सुमन कुमार श्रेष्ठको टोपी लाएपनि, नारायण कुमार आचार्यको शब्द रहेको तारा थापाको हजार चोटी, बिना महतको शब्दमा नीसा देसारको जीवन यदि, उन्नती बोहोरा शिलाको शब्दमा कर्ण दासको कसले पो देख्छ र, डा. कृष्णहरी बरालको शब्द रहेको आनन्द कार्कीको यि हल्लाहरु हुन्, बिजय शिवाकोटीको शब्दमा दिपक खरेलको आँखैका राख्न खोज्छु, बिना महतको शब्दमा दिप श्रेष्ठको तिम्रो यादमा र बसन्त चौधरीको शब्द रहेको दिपक खरेलको गरुं की मिठो भुल गीतहरु सम्बन्धित गायक गायिका स्वयंमले प्रस्तुत गरेका थिए ।

साँझ करिव ८ बजे सम्म चलेको कार्यक्रमा आयोजक द हिडन ट्रेजरले लामो समयको निरन्तर संगीत यात्रा र उनको योगदानको कदर गर्दै संगीतकार दिपक जंगमलाई संगीतकी देवी सरस्वतीको महंगो प्रतिमा सहित सम्मान सकेत गरेको थियो साथै आयोजक संस्थाले दिपक जंगमको संगीत संघर्ष, उनका जीवनका भोगाई र उनिसंग जोडिएका पुराना दिन र प्रशंगमाथी बिभिन्न संगीत क्षेत्र संग सम्बन्धित ब्यक्तीहरुको लेख, कार्यक्रममा प्रस्तुत गीतहरु लगयतका सामग्री समेटिएको पुस्तक अविरल यात्रा २०७४ दीपक जंगम नामक पुस्तक पनि उपस्थित सबैलाई निशुल्क बितरण गरेको थियो ।

कार्यक्रममा प्रेमध्वज प्रधान, कालिप्रसाद रिजाल, मिरा राणा, राजेन्द्र थापा, रत्न शमशेर थापा, यादव खरेल, डा. कृष्णहरी बराल, एस पी कोईराला, रमेश कोईराला, डा. भिमार्जुन आचार्य, उषा शेरचन,दिनेश अधिकारी, टिका भण्डारी, शम्भुजित बास्कोटा, नरहरी प्रेमी, श्रीकृष्ण बम मल्ल लागयतका थुप्रै नया तथा पुराना संगीतकर्मी साथै संगीतकार जंगमका प्रशंशकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

  

तस्बिर:सुषमा देवकोटा

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू