अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

पशुपति शम्शेर राणाकाे पार्टीमा भाँडभैलो, १० सांसद राजीनामाको तयारीमा

बिआरटीनेपाल २०७४ भदौ २६ गते १२:०६ मा प्रकाशित

पशुपति शम्शेर राणाले सरकारमा सहभागि हुने विषयमा पार्टी पृष्ठभूमिबाट आएकाहरुलार्इ उपेक्षा गरेको भन्दै पार्टीभित्र भाँडभैलो मच्चिएको छ । राप्रपा प्रजातान्त्रिकले सरकारमा सहभागि जनाएसँगै असन्तुष्ट सांसदहरु भने राजीनाकाे तयारीमा लागेका छन् ।

अध्यक्ष राणाले सरकारमा जानेहरुको नाम आइतबार सार्वजनिक गरेसँगै सोमबार विहान राणा निवास पुगेका असन्तुष्ट पक्षका रामकुमार शर्मा, सयन्द्र वान्तवा, राज्यलक्ष्मी श्रेष्ठ, कमला शर्मा, विराज विष्ट, बबिना लावती मोक्तान लगायतका सांसदहरुले सरकारमा पठाउने व्यक्तिहरु समावेशी नभएकाले केही नाम फिर्ता लिएर महिलालाई प्राथमिकता दिन माग गरेका थिए ।

‘सरकारमा जाने विषयमा हामीसँग कुनै छलफल पनि भएन, छलफल नभएपनि समाबेशी बनाइएको भए केही थिएन, सवै पुरुषमात्रै पठाइयो त्यो पनि एक व्यक्ति एक पदको नीति विपरित । त्यसैले हामी विकल्प सोच्न बाध्य भयौं’ सांसद राज्यलक्ष्मी श्रेष्ठको भनाई छ । उनले भनिन्, ‘हामीले अध्यक्ष राणासँग भेट ग¥यौ, यो नै हाम्रो अन्तिम भेट हुनेछ, अब हामी राजीनामा दिन्छौं ।’

सरकारमै जाने विषयमा राप्रपा अध्यक्ष कमल थापासँग विद्रोह गरेर नयाँ पार्टी गठन गरेका उनीहरु पुनः राणाविरुद्ध विद्रोहको तयारीमा लागेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू