अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

दुई हातविहीन पाइलट जेसिकालाई नेपालमा सम्मान

बिआरटीनेपाल २०७४ भदौ १८ गते १७:५० मा प्रकाशित

काठमाडौँ, १८ भदौ । जन्मँदै दुई हात नभएकी तर १० हजार फिटमाथि विमान उडाएर गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई यहाँ सम्मान गरिएको छ ।

नयाँ वानेश्वरस्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजी (नाट)ले उक्त सम्मान गरेको हो ।

उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेसा रहेको सम्मानका क्रममा बताउनुभयो ।

अमेरिकन तेक्वान्दो एशोसिएशनकी ब्ल्याक बेल्टसमेत रहेकी जेसिकाको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गर्नुभएको छ ।

चौध वर्षको उमेरदेखि कृत्रिम हातको सहारा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शब्द टाइप गर्ने क्षमता राख्नुहुन्छ । सन् २००५ मा विमान उडाउन सुरु गर्नुभएकी उहाँले सन् २००८ मा पाइलटको लाइसेन्स पाउनुभएको थियो ।

जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको विमान चालक विजय लामाले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू