अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

भारतीय विदेश मन्त्री सुष्मा स्वराज नेपालमा

बिआरटीनेपाल २०७४ साउन २६ गते ४:५३ मा प्रकाशित

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकी छिन् । शुक्रबारदेखि काठमाडौंमा सुरु हुने विमस्टेक बैठकमा सहभागी हुनको लागि बिहीबार दिउँसो विदेशमन्त्री स्वराज नेपाल आएकी हुन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालका खाडीको प्रयास (बिम्स्टेक)को मन्त्रीस्तरीय बैठकको सम्पूर्ण तयारी पूरा भईसकेको परराष्ट्रमन्त्रालयले जनाएको छ । बैठकमा सहभागी हुन सदस्यराष्ट्रका उच्च अधिकारीहरूको आगमन भइसकेको छ भने मन्त्रीहरू बिहीबार आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय बैठक हुनुअघि बिहीबार नै उच्च अधिकारीहरुको बैठक एसओएम चलिरहको छ । यो बैठकले मन्त्रीस्तरीय बैठकमा निर्णयार्थ पेस हुने विषयमा विस्तृत छलफल गर्नेछ । नेपालको तर्फबाट परराष्ट्र सचिव शङ्करदास बैरागीले बैठकको नेतृत्व गर्नेछन् ।  नेपाल अहिले बिम्स्टेकको अध्यक्षराष्ट्र हो ।  बिम्स्टेकको १८औँ शिखर सम्मेलन पनि यसै वर्ष नेपालमा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू