अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

हिमालयज् लायन्स क्लवद्धारा कोष बृद्धीको लागी गराजसेल

बिआरटीनेपाल २०७४ असार ११ गते १२:१२ मा प्रकाशित

कोलोराडो स्थित हिमालयज् लायन्स क्लबले संस्थाको कोष वृद्धि गरी आवश्यक परेको ठाउँमा सहयोग गर्ने उद्धेश्यले शनिवार गराजसेल कार्यक्रम सम्पन्न गरेको छ । गराज सेलको लागी क्लबका पदाधिकारी तथा सदस्यहरूले घर घरबाट नयाँ तथा पुराना सामान ल्याएका थिए ।

लायन्सको लोगो राखी गरिएको गराज सेलमा ग्राहाकहरु आएर फटाफट सामान किनेका थिए । ग्राहाकहरुलाई सामान बेचेको सबै पैसा क्लबको खातामा जाने बताइएको थियो । क्लबले संस्थाको कोष वृद्धिको लागी यस्ता विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

गराज सेल लायन्स जोसन श्रेष्ठको घरमा गरिएको थियो ।

प्रतिक्रिया