अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०९ | Colorodo: 00:24

नेपाली घरको छैटौँ साघारण सभा सम्पन्न

बिआरटीनेपाल २०७४ जेठ १५ गते २३:३८ मा प्रकाशित

कोलोराडोमा सक्रिय नेपालीहरूको साझा संस्था नेपाली घरको छैटौँ साधारण सभा आइतबार एक समारोह बिच सम्पन्न भयो । नेपाल र अमेरिकाको राष्ट्रिय गान पछि, संस्थाका सल्लाहकार डा.विष्णु श्रेष्ठद्धारा पानसमा बत्ती बालेर उद्धाटन गरिएको कार्यक्रममा यहाँ स्थित विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, बुद्धिजीवी, उद्योगी, व्यवसायी, गन्यमान्य, पत्रकार, नेपाली घरका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

वेस्ट मिनिष्टर स्थित याक एण्ड यती रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको सुरुमा संस्थाद्धारा गठित विभिन्न समितिबाट हाल सम्म भए गरेका प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा आर्थिक समितिमा संयोजक तथा संस्थाका सल्लाहकार डा.बिष्णुबहादुर श्रेष्ठबाट आर्थिक समितिको, डा. आनन्द पौडेलबाट स्पेसल समितिको, अर्जुन केसीबाट जग्गा खोज तथा ब्याबस्थापन समितिको, बासु दाहालबाट सरकार स्थानीय सङ्घ संस्था र ब्याबसायीहरु समन्वय समितीे तथा निर्वाचन समितिको र कुमारजंग कार्किब्ँँट छँत्र बृती समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

त्यस्तैगरी संस्थाका कोषाध्यक्ष जगदिशचन्द्र ढकालबाट आर्थिक प्रतिवेदन र अध्यक्षबाट योगराज गौतमबाट प्रगति प्रतिवेदन र भावीयोजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको दाश्रो चरणमा अतिथीहरुको सुझाव तथा शुभकामना मन्तव्य राखिएको थियो । शुभकामना तथा सुझाव दिँदै अधिकांश वक्ताहरुले कोलोराडोमा नेपालीहरूको सङ्ख्या बढ्दै गएको हुनाले नेपाली घर अत्यावश्यक रहेको, संस्थाले घर निर्माण गर्दा सामाजिक सद्भाव नखल्बलिने खालको सबै नेपालीहरूको भेषभुषा, संस्कृति, रिती स्थिति, चालचलन झल्कने एक नेपाली घरको निर्माण गर्ने लक्ष्य पुरा गर्न सकोस भन्दै घर निर्माणको लागि संस्थाले वातावरण बनाए आङ्खनो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

यसरी शुभकामना तथा सुझाव दिनेहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम बिक, ग्लोबल फोरमका अध्यक्ष तिर्थ बर्मा, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रीय सदस्य भुषणलाल श्रेष्ठ, रकी माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष विनोद त्रीपाठी, जनसम्पर्क समितिका कोलोराडोका अध्यक्ष गणेशराज भण्डारी, एनआरएन कोलोराडोका प्रतिनिधि तथा यूएस नेपालका बिकल पराजुली, ब्लड डोनर्स अफ अमेरिकाका कोलोराडो कोर्डिनेटर टिका पौडेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, हिमालयज लायन्स क्लबका अध्यक्ष जोशन श्रेष्ठ, नोःवा खलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, सङ्खुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, तमुधिका अध्यक्ष चन्द्र गुरुङ लगायत रहेका थिए ।

नेपाली घरका अध्यक्ष योगराज गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए भने महासचिव लक्षुमण रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया