अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२७ | Colorodo: 14:42

हिमालयज लायन्स क्लब लङमन्ट लायन्स इन्टरनेशनल प्रेसिडेन्ट एवार्डद्धारा सम्मानित

बिआरटीनेपाल २०७४ जेठ ७ गते १७:५५ मा प्रकाशित

हिमालयज लायन्स क्लब लङमन्टलाई शनिवार सम्पन्न लायन्सको कोलोराडो स्टेड कन्भेन्सनमा लायन्स इन्टरनेशनल प्रेसिडेन्ट एवार्डद्धारा सम्मान गरिएको छ ।

स्थापनाको छोटो अबधिमानै लायन्सको मूल्य र मान्यता भित्र रहेर वातावरण, स्वास्थ्य, शिक्षा तथा पोषणको क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएको भन्दै क्लबका अध्यक्ष जोशन श्रेष्ठलाई लायन्स क्लबका पाष्ट ईन्टरनेसनल डिरेक्टर जो क्रेष्टनबाट एक समारोह बिच सम्मान गरिएको हो । 

डेनवर स्थित डवल ट्री होटेलमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित चार डिष्ट्रिकका डिष्ट्रक गभर्नर, १ सय ५० भन्दा बढी विभिन्न क्लबका पदाधिकारी तथा गन्यमान्यहरुको उपस्थिति रहेको थियो । समारोहमा क्लबका महासचिव प्रमोद श्रेष्ठको पनि सहभागिता रहेको थियो । नेपालीहरूको सक्रियतामा कोलोराडोमा गठित उक्त क्लब एक वर्ष आगाडीमात्र गठन गरिएको हो । 

प्रतिक्रिया