अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

एचडिएनपीले सिन्धुपाल्चोकका विद्यार्थीलाई १० कक्षा सम्म छात्रवृति उपलब्ध गराउने योजना

बिआरटीनेपाल २०७३ चैत २१ गते १९:४७ मा प्रकाशित

विजय थापा,वासिङ्टन डिसी

अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय( एचडिएनपी)ले सिन्धुपाल्चोकका विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने योजना अगाडी बढाएको छ l

नेपालमा गएको भूकम्प बाट क्षति ग्रस्त भएको सिन्धु पाल्चोक जिल्लाका पीडित विद्यार्थीहरूको लागि १० कक्षा सम्म पढाई निःशुल्क गराउने भएको छ l

एचडिएनपी)ले स्थापना काल देखि नै टेक्ससको ड्यालसको सेरोफेरोमा रहेका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरूलाई भोजन खुवाउने ,त्रैमासिक रक्तदान तथा काठमाडौँमा पशुपतिनाथ मन्दिर परिसरमा बस्ने वृद्ध तथा सडक बालबालिकाहरुलाई खाना खुवाउने गर्दछ l

हरेक त्रैमासिक रूपमा करिब ४ देखि ६ सय सम्म घरबार बिहिनहरुलाई भोजन खुवाउने र हरेक महिना जम्मा पारेका राखेका पुराना लुगाहरु अनाथालयमा प्रदान गर्ने गर्छ ।

सिन्धुपाल्चोक जिल्लाका १० बिद्यार्थीहरुरुको सम्पूर्ण खर्च व्यहोर्ने योजना अघि सारेकोले एचडीएनपीले आर्थिक कोश वृद्धि समारोह कार्यक्रम (फन्ड राइजिङ्ग गाला डिनर ) आगामी अप्रिल १४ शुक्रवारका दिन राखेको छ l

कार्यक्रम डीएफडब्लु विमानस्थल दक्षिण तर्फ अवस्थित हिल्टन गार्डेन यिनमा हुने भएको छ l कार्यक्रम साँझ साढे ६ देखि साढे ९ सम्म हुने छ भने उक्त आर्थिक कोष वृद्धि कार्यक्रममा सांस्कृतिक कार्यक्रम सहितको स्थानीय कलाकारहरूले प्रस्तुति गर्ने छन् l उक्त कार्यक्रम मा सहभागी हुन् डलर $ ५० राखिएको छ l

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल नेपाल /अन्तर्राष्ट्रियको विगतको भूकम्पमा टोखा नगर पालिकाका वडा १ र २ मा ७५ जना भूकम्प पीडित परिवारलाई खाध्य समाग्री वितरण गर्नुको साथै अति प्रभावित जिल्ला नुवाकोटमा १ सय घरबार बिहिन परिवारलाई खाध्य तथा राहत सामग्री वितरण गरेको थियो l

संस्थाले स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर गरिब ,असहाय ,घरबार बिहिनहरुलाई सशक्तिकरण गर्ने काम पनि गरी रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ l संस्थापक देवी आचार्यले अप्रिल १४ तारिखमा आयोजना हुने कार्यक्रममा यस भेकका सबै नेपाली समुदायलाई हौसला प्रदान गर्न र साथ र सहयोगको लागि अनुरोध गरेका छन् l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू