अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

नेपाली घरमा नयाँ कार्य समितिको चयन जुन २५ मा हुने

बिआरटीनेपाल २०७३ चैत १६ गते २२:३१ मा प्रकाशित

कोलोराडोमा सक्रिय सामाजिक संस्था नेपाली घरको नयाँ कार्यसमितीको चयन आगामी जुन २५ आइतबारका दिन हुने भएको छ । संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले वर्तमान कार्यसमितीको पदावधी यही जुन ३१ समाप्त हुने भएकोले आगामी दुई बर्से कार्यकालको लागी जुन २५ मा चुनाव गर्ने निर्णय गरेको हो ।

बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक ब्याक्तिहरुलाई आगामी अप्रिल ३० भित्र सदस्यता नविकरण तथा नयाँ सदस्यता लिन सबैलाई आग्रह गर्ने निर्यण गरेको छ । साथै संस्थाको वार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने समेत निर्णय गरेको बताइएको छ । 

त्यसै गरी बैठकले आगामी कार्यसमितीको निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिका सदस्यहरू चयनको लागी ५ सदस्य रहेको छनौट समिति तयार गरेको छ । यसमा अध्यक्ष योगराज गौतम, उपाध्यक्ष द्धय नातीबाबु भट्ट तथा राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष जगदिश ढकाल रहेका छन् । यस समितिले एक हप्ता भित्र उपयुक्त व्यक्ति पहिचाहन गरी मूल समितिलाई जानाकारी गराउन अधिकार दिइएको जानाईएको छ ।

बैठकको सुरुमा विगत २ वर्षको अवधिमा कोलोराडोमा बसोबास गर्ने नेपालीले गुमाएका एक दर्जन भन्दा बढी अभिभावक तथा आफन्तको आत्माको चिर शान्तिको कामना गर्दै उहाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । मौनधारण पछि बैठकले एक शोक प्रस्ताव पास गरी संम्बधित परिवारलाई समवेदना पत्र पठाउने निर्णय भएको संस्थाका महासचिव लक्षुमण रानाले बताएका छन् । 

प्रतिक्रिया