अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

खगिन्द्र खुसीलाई नवोदित नारी साहित्यकार पुरस्कार

बिआरटीनेपाल २०७३ चैत १२ गते २०:३५ मा प्रकाशित

बनियानी (झापा), १२ चैत । साहित्यकार राधिका रायाको स्मृतिमा आज यहाँ आयोजित एक समारोहमा साहित्यकार र जेहेन्दार छात्रालाई पुरस्कृत गरिएको छ ।

देवकोटा स्मृति भवनले आयोजना गरेको ‘साहित्यकार राधिका रायाको चौथो स्मृति एव्म पुरस्कार वितरण’ समारोहमा साहित्यकार खगिन्द्र खुसीलाई ‘नवोदित नारी साहित्यकार पुरस्कार’ प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार छ ।

त्यस्तै, शारदा आधारभूत विद्यालयकी काजलकुमारी कामती (कक्षा–७ प्रथम) र भद्रपुर माविकी दुर्गा यादव (कक्षा–९ प्रथम) लाई छात्रा प्रोत्साहन पुरस्कार प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार छ । पुरस्कृत सबैलाई भाषाविद् चूडामणि रेग्मीले पुरस्कार प्रदान गर्नुभयो ।

महिला प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको स्व साहित्यकार रायाका भाइ सुभाष क्षेत्रीले बताउनुभयो ।

देवकोटा स्मृति भवनका अध्यक्ष राजेन्द्र चापागाईंको सभापतित्वमा भएको कार्यक्रममा डा द्रोणकुमार उपाध्याय, देवीचरण भण्डारीलगायतले पुरस्कारको विविध पक्षमाथि प्रकाश पार्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू