अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४ | Colorodo: 07:39

राजधानीमा राणी सती सेवा सङ्घको विशेष सांस्कृतिक कार्यक्रम

बिआरटीनेपाल २०७३ चैत ११ गते १०:२३ मा प्रकाशित

राणी सती सेवा सङ्घको स्थापना भएको रजत जयन्तीका अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । बिहीबार आयोजित एक कार्यक्रमबिच सङ्घले उक्त जानकारी गराएको हो । कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष अजय जालानले राणी सती मन्दिर झूंझनुको सहकार्यमा नारायणी नमो नमो कार्यक्रम काठमाडौँको ऐतिहासिक महत्त्व बोकेको प्राकृतिक कमलपोखरीलाई विश्व सामु चिनाउन र पयर्टक आर्कषण गर्नका लागि पनि यो कार्यक्रम गर्न लागेको बताए । भारतको राजस्थानबाट आएका कलाकार र नेपाली कलाकारको विशेष प्रस्तुति रहने छ । यस रजत जयन्ती अवसरमा महा सोभायात्रा, गण गौर उत्सव तथा दीपो उत्सव गर्न लागिएको जानकारी गराए ।

यस उत्सवलाई यति वेला कमल पोखरीलाई बेहुली झैँ सिङ्गारिएको छ । दुई दिवशिय विशेष कार्यक्रममा पशुपति नाथ, हनुमान, श्याम बाबा, दुर्गा माता र राणी दादीको विविध झाँकी तथा ध्वजा र विभिन्न प्रकारका बाजा गाजा सहित ५ सय ५१ नारीहरू द्वारा विशाल कलश यात्राको पनि आयोजना गरिएको बताइएको छ । यसका लागि सबैको साथ सहयोगको अपेक्षा राखेको भन्दै कलश यात्रा सुरज आर्केडबाट कमल पोखरीमा रहेको अग्रवाल भवनसम्म गरिदै छ । अन्य कार्यक्रममा गणगौर उत्सव, दीप उत्सवलगायत भजन किर्तनको कार्यक्रम रहेको कार्यक्रमका संयोजक श्रवणकुमार संघाई बताए । कार्यक्रमको लागि भारतबाट ३ सय ५० भन्दा बढीको सहभागी रहने भारतबाट आएका उदय जलानले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू