अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२३ | Colorodo: 04:38

क्यालिफोर्नियाको नेपाली लायन्स क्लबहरुको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन २५ गते १४:३१ मा प्रकाशित

बर्क्ली क्यालिफोर्निया
सेवा नै धर्म हो र हामी सेवा गर्छौ, भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठुलो सेवा संस्था लायन्स क्लब इन्टरनेसनल छातामुनी रहेर अमेरिकामा नेपालीहरूको सर्वाधिक ठुलो लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले सुरु गरेको वार्षिक रक्तदान कार्यक्रम यही मार्च ४, तारिकमा रेडक्रसको डोनर्स सेन्टर ओकल्याण्डमा साथ सम्पन्न भएको छ । उक्त कार्यक्रम हरेक वर्ष ब्लड डोनर्स अफ अमेरिकासित मिलेर रक्तदान गरिरहेको थियो भने पहिलोपल्ट गत वर्ष देखि बर्क्ली अन्नपूर्णले स्पोन्सर गरेको अरू दुईवटा नेपाली लायन्स कल्ब फ्रिमोंट सगरमाथा र बर्क्ली मकालुको पनि संयुक्त आयोजनमा सम्पन्न भएको थियो भने यस वर्ष अझ तीन वटा नेपाली लायन्स क्लबहरु यस क्षेत्रमा स्थापना भएकोले अझ उत्साहका साथ् पाचै वटा लायन्स क्लबको सहभागिता र स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको जानकारी रक्तदान संयोजक प्रथम उपाध्यक्ष कौशल राणाले जानकारी गराउनु भयो। 

बिहान ७ बजे देखि बेलुकी चार बजे सम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा ७८ जना सहभागी रहेको जानकारी बर्क्ली अन्नपूर्णका अध्यक्ष मनिल बाबु श्रेष्ठले दिनु भएको छ । वहाले सबैलाई धन्यवाद दिँदै हरेक वर्ष झैँ यस बर्षपनि बे एरियाका विभिन्न सङ्घ संस्थाहरूको प्रतिनिधि र सम्पूर्ण क्लबको उल्लेख्य सहभागिता रहेकोमा सबैको योगदानको कदर गर्दै आउदो दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्नु भएको छ । 

१९१७ मा स्थापना भएको अन्तर्राष्ट्रिय लायन्स कल्बको संस्थापक अमेरिका सिकागोका मेल्विन जोन्स हुन् । सिकागोका एक ३८ वर्षीय युवा व्यापारीले समाज र राष्ट्रको सेवा गर्ने उध्येश्यले खोलेको यस संस्थाले अहिले एक सय वर्ष मनाउने भव्य तयारीमा लागेको छ । स्थापनाको तीन वर्षमै अन्तर्राष्ट्रिय संस्था बनेको यो एउटा सामाजिक र मानव सेवामा समर्प्रित गैर राजनैतिक संस्था हो । 

हालै लायन्स क्लब नेपालका अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानको अनुसार अहिले नेपाल विश्वमा पहिलो सदस्य वृद्धि गर्ने देशको सूचीमा परेको छ भने नेपालमा जस्तै अमेरिकामा रहेको नेपाली समुदायमा लायन्स क्लबको लोकप्रियता बढिरहेको र सेवा मूलक कार्यक्रममा सक्रिय रहेको छ । बर्क्ली अन्नपूर्णका संस्थापक अध्यक्ष, क्यालिफोर्निया डिस्ट्रिक ४ सी प्रथम बाइस डिस्ट्रिक गवर्नर लायन राजेन थापाको पहल र नेपालको पहिलो इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतान र अन्य लायन्सक क्लबकोको उपस्थितिमा हालै न्यु योर्क, भर्जिनिया लगायत थुपै सहरहरूमा नेपाली लायन्स क्लबको स्थापना भएको छ । 

दस वर्ष अघि अमेरिकाको बर्क्ली क्यलिफ़ोर्नियामा स्थापना भएको बर्क्ली अन्नपूर्ण लायन्स क्लबले विभिन्न सामाजिक र मानवसेवाको कार्य गर्दै आएको छ। हालै यस क्लबले निर्बर्तामान अध्यक्ष ध्रुव थापाको सक्रियतामा अत्याधुनिक आँखा जाज्ने क्यामेरा समेत किनेर समुदायमा सेवा दिने कार्यक्रम तय गरेको छ भने यही आउदो नोभेम्बरमा ४० जनाको एउटा टोली नेपालमा आँखा शिविरको लागि जाने तय भई सकेको छ । 

बर्क्ली अन्नपूर्णले विगत सात वर्ष देखि निरन्तर रूपमा रक्तदान कार्यक्रमकोपनि आयोजना गर्दै आएको र यस पुनित कार्यमा ब्लड नयाँ लायन्स कल्बहरु बर्क्ली मकालु, फ्रेमंट सगरमाथा, सान लियांद्रो मनकामना, सन् फ्रान्सिस्को बुद्धको समेत संयुक्त आयोजकको रूपमा सहभागी रहेको थियो । त्यसै गरी यस क्षेत्रको पाचै वटा नेपाली लायन्स क्लबले संयुक्त रूपमा भव्य sports festival को समेत आयोजना गरी सकेको छ। जसको संयोजकत्व फ्रिमं ट सगरमाथाले गरेको थियो। 

यस वर्षको रक्तदान कार्यक्रममा बे एरिया लगायत लास एञ्जलस र टेक्ससबाट आएका एनआरएन अमेरिकाको अध्यक्ष पदका उम्मेदवार गौरी जोशीले समेत रक्तदान गर्नु भएको थियो भने संयोजक राणाले डबल पावर रक्तदान गर्दै हामीमा भएको रगतले यदि एक जना मात्रैको पनि जीवन रक्षा गर्न सक्यो भने त्यो भन्दा ठुलो पुन्य अरू के होला ? हामी न त ईश्वर हौ न कुनै डाक्टरनै तर पनि हामीमा एउटा जीवन बचाउन सक्ने ईश्वरीय शक्ति छ र त्यसको उपयोग मानव कल्याणमा लगाउन पाउनु भनेको यो हाम्रो लागि एउटा सौभाग्य हो । 

प्रतिक्रिया