अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

१६ मार्चबाट लागू हुने गरि नयाँ आदेश जारी गर्दै ट्रम्प

बिआरटीनेपाल २०७३ फागुन २५ गते ३:१२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो १६ मार्चबाट अध्यागमन सम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । ट्रम्पले गत महिना पद सम्हालेको केही समयमानै विश्वभरका शरणार्थी तथा मुस्लिम बाहुल्यता भएका देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले अध्यागमन सम्बन्धी नयाँ आदेश जारी गर्न लागेका हुन् ।

इराक, इरान, सिरिया, यमन, सुडान, लिबिया र सोमालियाका नागरिकहरु अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अदालतले रोक लगाएपछि केही समय अघि ट्रम्पले नयाँ आदेशमा हस्ताक्षर गरेका थिए ।

गत महिना ट्रम्पले जारी गरेको कार्यकारी आदेशले भिसा प्राप्त गरिसकेका सात मुस्लिम बाहुल्य देशका नागरिकका भिसा खारेज गर्दै अमेरिका आउनमा प्रतिबन्ध लगाउने कुरा उल्लेख गरेको भएपनि नयाँ कार्यकारी आदेशमा यात्रा प्रतिबन्ध लगाउने पूरानै आदेशको पुनरावलोकन भएको बताइएको छ जसमा ट्रम्पले हस्ताक्षर गरेको नयाँ आदेशमा पहिले नै भिसा लिइसकेका र ग्रिनकार्ड भएका मुस्मिल बाहुल्यता भएका सात देशका नागरिकहरुलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाइने छैन भन्ने कुरा उल्लेख थियो ।

आफ्ना अभिब्यक्तीका कारण पटक पटक बिबादमा मुछिदैं आएका ट्रम्पल प्रसासनले कानुनी मान्यताप्राप्त भिसा भएका नागरिकलाई समेत विभिन्न विमानस्थलमा रोक लगाउनु र कतिपयलाई स्वेदश फिर्ता गरिएको गरिएको समाचारले अमेरिका भर ट्रम्पको विरोध भएको थियो ।

नयाँ आदेशमा के हुनेछ भन्नेबारे अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर ट्रम्पका निकट सहयोगी केलियाने कन्वेले फक्स न्युजसंग गरेको कुराकानीमा नयाँ आदेश आगामी मार्च १६ बाट लागू हुने बताएका छन् ।

त्यस्तै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अमेरिका भ्रमणमा आएको बेला पारेर इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि अमेरिकाले लिँदै आएको दुई–राष्ट्र नीति फिर्ता लिएको घोषणा समेत गरेका थिए ।

प्रतिक्रिया