अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१० | Colorodo: 04:25

टेक्ससमा ‘एचडिएनपी अन्तराष्ट्रिय’को रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ फागुन २३ गते ९:५६ मा प्रकाशित
अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )को त्रैमासिक रक्तदान कार्यक्रम गत मार्च ४ तारिख सम्पन्न भएको छ l उक्त रक्तदान कार्यक्रममा २० जनाले रगतदान गरेका छन् l उक्त रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरि रक्तदान गरेका थिए l मार्च ४ तारिखमा आयोजना गरेको रक्तदान सहित १७ औ पटक त्रैमासिक रुपमा सफलता पुर्वक सम्पन्न गरेको छ l
 
यसै गरि आगामी मे २९ तारिख करिब ५ सय जना घरवार बिहिनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् l
 
एचडिएनपी अन्तरराष्ट्रियले असहाय ,दुखि ,घरबार बिहिनहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मदत गर्ने गरेको छ l 
 
संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दछ l यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लुगा फाटाहरु समेत उपलब्ध गराई रहेको छ l हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो भने टेक्ससको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना गरिएको संस्था हो l 
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू