अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

शब्दयात्रा प्रकाशनद्वारा पुस्तक सार्वजनिक संगै चार व्यक्तित्व सम्मानित

बिआरटीनेपाल २०७३ फागुन १९ गते ३:४७ मा प्रकाशित

शब्दयात्रा प्रकाशनले हरेक वर्षको फागुन महिनामा गरिने सम्मानहरू २०७३ सालका लागि चारजना विशिष्ट व्यक्तिहरूमा समर्पण ग¥यो । यसपटक सम्मानित हुनेहरूमा विज्ञान–प्रविधि सम्मानबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्रा. डा. जीवराज पोखरेल, शिक्षा सम्मानबाट काठमाडौँ विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्रा. डा. भद्रमान तुलाधर, आमसञ्चार सम्मानबाट अग्रज आमसञ्चारकर्मी श्रीधर खनाल र सामाजिक जागरण सम्मानबाट अग्रज समाजसेवी भद्रकुमारी घले हुनुहुन्छ ।

प्रमुख अतिथि त्रिभुवन विश्वविद्याललयका पूर्वउपकुलपति प्रा. शङ्करराज पाठक र विशिष्ट अतिथि काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले उहाँहरूलाई किरीट, अभिवन्दनापत्र, उपहार र ५–५ हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा हरि मञ्जुश्रीद्वारा सम्पादित पुस्तक ‘नैमिषारण्य नेपाल’, जयप्रकाश त्रिपाठीद्वारा लिखित ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’, तुतुकाजी प्रणामी श्रेष्ठद्वारा लिखित ‘शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि’ तथा उद्धवप्रसाद नेपालद्वारा लिखित ‘असल नेता कसरी बन्ने ?’ गरी चारवटा पुस्तकलाई सार्वजनिक गरिएको थियो ।

सम्मानित व्यक्तित्वहरूका विषयमा सम्मानित व्यक्तित्व चयन समितिका संयोजक डा. मनीष पोखरेलले र सार्वजनिक गरिएका पुस्तकहरूका बारेमा सुदर्शन आचार्यले बोल्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको उक्त समारोहमा नेपालभूमि साप्ताहिकमा २०७२ फागुनदेखि २०७३ फागुनसम्म १० भन्दा बढी लेख–रचना उपलब्ध गराउने लेखक–स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गरिएको थियो । समारोहका सभापति युवा व्यवसायी बुद्ध मानन्धरले शब्दयात्रा प्रकाशनका लागि अत्याधुनिक माइक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू