अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१८ | Colorodo: 16:33

सयौँ कागजपत्रबिहिन पक्राउ, लसएन्जलसबाट मात्रै ३७ देश निकाला, कागजपत्रबिहिनहरु त्राश र कोलाहालमा

पुरुषोत्तम ढकाल, लसएन्जलस २०७३ माघ २९ गते १५:५५ मा प्रकाशित

अध्यागमन अधिकारीहरुले मङ्गलवार देखि शुक्रवारसम्म विभिन्न राज्यमा गरेको धरपकडमा अमेरिकामा गैर कानुनी तवरले बसोबास गर्दै आएका आपराधिक पृष्ठभूमिका सयौँको सङ्ख्यामा रहेका कागजपत्र बिहिनहरु पक्राउ पर्नुको साथै ३७ जना देश निकालामा परेका छन् । अमेरिकामा गैरकानुनी रूपमा बसोबास गरिरहेका आपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई देश निकाला गर्ने योजना अनुसार यो साता अमेरिकाका विभिन्न राज्यहरुबाट आपराधिक पृष्ठभूमिका कागजपत्र बिहिनहरुलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्युरिटीको दाबी छ ।

अध्यागमन अधिकारीहरुका अनुसार आपराधिक पृष्ठभूमिका कागजपत्रबिहिनहरुलाई केन्द्रमा राखेर बासोस्थान र कामगर्ने स्थानहरुमा छापा मारिएको र पक्राउ परेकाहरु मध्य केहीलाई देश निकाला समेत गरिएको छ ।

अध्यागमन अधिकारीहरुले धरपकड सुरु गरे लगत्तै अमेरिकामा रहेका कागजपत्रबिहिनहरुमा त्राश र कोलाहल मच्चिएको छ । यस अघि राष्ट्रपति ट्रम्पले कम्तीमा ३० लाख आपराधिक पृष्टभूमिका कागजपत्र बिहिनहरुलाई तत्कालै देश निकाला गर्ने बताएका थिए ।

अध्यागमन अधिकारीहरुले ६ राज्यका फरक शहरहरु, एटलान्टा, शिकागो, न्यु योर्क, लस एन्जलस, नर्थ क्यारोलिना र साउथ क्यारोलिनाको विभिन्न स्थानमा छापा मारेर आपराधिक पृष्टभूमिका सयौको कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् । तर डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी प्रवक्ताले अध्यागमनको छापालाई नियमति भनेको छिन् । अध्यागमन अधिकारीहरुले सोमबारदेखि शुक्रवारसम्म नियन्त्रणमा लिइएका सयौँ कागजपत्रबिहिनहरुमा अधिकांश दक्षिण अमेरिकी मुलुकका नागरिकहरू रहेका छन् ।

अध्यागमन अधिकारीहरुले क्यालिफोर्निया, फ्लोरिडा, टेक्सस, कन्सास र नर्थ भर्जिनियामा मङ्गलवारदेखि आपराधिक पृष्टभूमिका कागजपत्रबिहिनहरुलाई नियन्त्रणमा लिन आफ्नो गतिविधि तीव्र पारेको थियो । अध्यागम अधिकारीहरुले शुक्रवार लसएन्जलसमा काम गर्न जाँदै गरेका र घरमा बसिरहेका कागजपत्रबिहिनहरुलाई समेत पक्राउ गरेर हिराशतमा राखेको अधिकारवादीहरुको दाबी छ ।

लसएन्जलस स्थित फिल्ड डाइरेक्टर डेभिड मरिनले १६० जनालाई नियन्त्रणमा लिइएको र तीमध्ये ७५ प्रतिशत आपराधिक पृष्ठभूमिका रहेको र अन्यका हकमा अमेरिकामा गैरकानुनी रूपमा प्रवेश गर्नेहरु रहेको बताएका छन् । लस एन्जलसमा पक्राउपरेका मध्य ३७ जनालाई शुक्रवार रातीनै अमेरिकाबाट देश निकाला गरिसकिएको आइसका अधिकारी डेभिड मरिनले जानकारी दिएका छन् ।

प्रतिक्रिया